डा.तीर्थ श्रेष्ठलाई षडानन्द राष्ट्रिय पुरस्कार
काठमाडाैं | मंसिर १३, २०७९
काठमाडौं: समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर) लाई अर्पण गरेको हो ।
पुरस्कारको राशि क्रमशः रु एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रहेको छ । परोपरकार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यसैगरी, सोमप्रसाद खतिवडालाई रु ३५ हजार राशिसहितको विद्वत्वृत्ति सम्मान प्रदान गरियो ।
सो अवसरमा प्रतिष्ठनलाई आर्थिक सहयोग गर्नुहुने प्रा डा बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रुपनारायण श्रेष्ठ (काठमाडौँ) र वीरबहादुर बस्नेत(मोरङ) लाई दाता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ शिक्षाविद् प्रा। डा सुरेशराज आचार्य र प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो ।
सो अवसरमा प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा प्रा डा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरु डा तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीर सिंह कंसकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको छोराको रुपमा विक्रम सम्वत १८९२ मा मङ्सिर शुक्ल पञ्चमीको दिन भोजपुरको दिङ्लामा जन्मुनुभएका षडानन्दको निधन विक्रम सम्वत् १९७३ मा काठमाडौँको पचली घाटमा भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

